arrow

स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिदैं गुल्मी कांग्रेस

logo
रमेश विक,
प्रकाशित २०७५ असोज २० शनिबार
gulmi-congress1.jpg

गुल्मी ।नेपाली कांग्रेस गुल्मीले जिल्लाका विभिन्न स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुलाई एक दिने नेतृत्व विकास तथा जनप्रतिनिधिको दायित्व र जिम्मेवारीका विषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रम यतिबेला गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको छ ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले प्रशिक्षणको उद्घाटन गर्दै, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीका लागि स्थानीय तहमा आईपर्ने समस्या र त्यसको जटिलताको समाधान गर्न र कानूनी प्रक्रिया बारे जानकारी दिने सोचका साथ प्रशिक्षण आयोजना गरिएको बताए ।

श्रेष्ठले पार्टीको नयाँ विधान संशोधनका क्रममा यसले संगठन र जनताको सेवा गर्ने जनप्रतिनिधीले अवलम्वन गर्नुपर्ने कार्य, सेवा प्रवाहमा आईपर्ने समस्या, नयाँ कानुनी व्यवस्था र त्यसको कार्यान्वयनमा खेल्नुपर्ने भूमिकाका विषयमा जानकारी दिने सोंचका साथ यो प्रशिक्षण आयोजना गर्नु पेरेको बताए ।

पार्टीको स्थानीय तह विभागका संयोजक थमनबहादुर खत्रीको सभापतित्वमा भएको प्रशिक्षणमा स्थानीय जनप्रतिनिधी, पार्टी भातृ संगठनका अगुवा, जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

 प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे प्रमुख प्रशिक्षकका रुपमा रहेका छन् । प्रशिक्षणमा पार्टीका उपभापति विष्णु वलाल, प्रशिक्षण विभाग प्रमुख छन्द पहराई, जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गा वस्याल, जिल्ला न्यायाधिवक्ता लक्ष्मणप्रसाद घिमिरे, जिल्ला अदालतकी सीता घिमिरे, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्री लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ