arrow

एकल पुरुषलाई पनि भत्ता

logo
प्रकाशित २०७५ असोज २० शनिबार
ekal.jpg

सर्लाही। सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले एकल पुरुषलाई पनि भत्ता दिएको छ । शनिबार भएको संस्थाको  १८ औँ वार्षिक साधारण सभाले एकल पुरुषलाई मासिक एक सय रुपैँयाका दरले १२ सय रुपैँया भत्ता दिएको हो ।

संस्थाले शेयर सदस्यमध्ये जेष्ठ नागरिक, एकल महिला तथा पुरुष र अपाङ्ता भएका ३८ जनालाई मासिक एक सय रुपैँयाका दरले १२ सय रुपैँया भत्ता, दुई जना जेहेन्दार र दुई जना कर्मठ विद्यार्थीलाई जनही दुई हजार नगद र सम्मान पत्र, दुई जना असल ऋणी र दुई जना असल बचतकर्तालाई प्रमाण पत्र प्रदानगरि सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता एवं ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नगर उपप्रमुख एकाबती देवी चौधरी, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष बाबुराम घिमिरे, ग्लोबल आइएमइ वैंक लालबन्दीका शाखा प्रवन्धक लोकनाथ पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

नारायण प्रावीमा भएको कार्यक्रममा सभामा जानकारी गराइए अनुसार संस्थाले आर्थिक वर्ष २०७४-०७५ मा ६० लाख १८ हजार २ सय ३५ रुपैँया खुद मुनाफा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ