arrow

नदीमा बस खस्दा काश्मिरमा २० को मृत्यु

logo
प्रकाशित २०७५ असोज २० शनिबार
jammu-and-kashmir.jpg

श्रीनगर। भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ। पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन्। यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन्।

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ