arrow

सर्वोच्च अदालतको न्यायाधीश विवादमा ट्रम्पलाई सफलता 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
kavanaugh.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायधीशको विषयमा देखिएको विवादमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । शनिबार ट्रम्पको मनोनयनमा परेका न्यायधीश ब्रेट काभानौघ सर्वोच्च अदालतको मुख्य न्यायधीशका लागि पारित भएका हुन् । 

अमेरिकाको संसदले ट्रम्पको मनोनयनलाई बहुमतले पारित गरेको हो । काभानौघको पक्षमा ५० जना संसदहरु देखिँदा उनको विपक्षमा ४८ जना देखिएका थिए । काभानौघमाथि यौन दुर्व्यवहार गरेको आरोपहरु लागेका थिए । 

यद्यपि एफबीआईको ११ घण्टाको अनुसन्धानपछि संसदहरुले उनलाई सहयोग गर्ने निर्णय गरेका थिए । अमेरिकामा नोभेम्बर महिनामा मध्यावधि निर्वाचन आउँदै गरेको अवस्थामा ट्रम्पका लागि यो ठुलो जित भएको बताइएको छ । संसदमा मतदान हुनुअघि अमेरिकाको वासिङटनमा काभाानौघको विरुद्धमा सयौं मानिसहरुले प्रदर्शन गरेका थिए । 

यससँगै काभानौघले शनिबार शपथ पनि लिएका छन् । यससँगै ट्रम्पले डेमेक्रेट्सहरुले काभानौघमाथि गरेको खराब मनसायको आक्रमणको बाबजुद आफ्नो मनोनयन पारित भएकोमा काभानौघलाई बधाई दिएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ