arrow

सम्मानित भए कांग्रेस नेता पौडेल 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
pradip-poudel3.jpg

काठमाडौं । नेपाली कांग्रेसलाई सुदृढ बनाउँदै क्रियाशिल बनाउन सशक्त भूमिका निर्वाह गर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष प्रदीप पौडेललाई आइतबार नेपाली कांग्रेस धनकुटा— काठमडौं सम्पर्क समितिले काठमाडौंमा विशेष कार्यक्रमको आयोजन गरी सम्मान गरेको छ ।

गत वर्ष सम्पन्न तीनवटै निर्वाचनमा पराजित भई कमजोर तथा निस्क्रिय जस्तै भएको नेपाली कांग्रेसलाई सुदृढ र सशक्त बनाउन र संगठन विस्तारमा निरन्तर क्रियालिश रहेका पौडेललाई आगामी दिनसमेत अझ सक्रियका साथ पार्टीको सुदृढीकरण अभियानमा  क्रियाशिल हुन आग्रह गर्दै धनकुटा काठमाडौं सम्पर्क समितिका तर्फबाट सभापति भीमबहादुर थापा, सल्लाहकार गोपाल अधिकारी र नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् । 

  सम्मानित नेता पौडेलले अब पार्टीलाई नया ढंगबाट क्रियाशिल बनाउँदै आधुनिक पार्टी बनाउन देशभरका सवै कांग्रेसजन एकजुट भएर सक्रिय हुनु पर्नेमा जोड दिए । 

उनले  लोकतन्त्र खतरामा पर्न लागेकाले अब कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने बताए । विधान संसोधन तथा परिमार्जन समितिका सदस्य समेत रहेका नेता पौडेलले अब परम्परागत ढंगले नभई नयाँ सिराबाट पार्टीलाई सशक्त बनाउन विधानमा युग सुहाउँदो आमुल परिर्वतन गर्न लागेको बताए ।

नेपाली कांग्रेस धनकुटाका सल्लाहकार गोपाल अधिकारीले कांग्रेस इतिहासमानै कमजोर भएकाले कांग्रेसलाई सशक्त बनाउन सवै क्रियाशिल हुनु पर्ने बताए ।

नेपाली कांग्रेस धनकुटा— काठमाडौं सम्पर्क समितिका सभापति भीमबहादुर थापाको अध्यक्षतामा भएको सम्मान तथा विजया दशमी , शुभ दिपावली,नेपाल सम्वत छड पर्वको अवसरमा आयोजित शुभ कामना कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु निर्मल ओझा,इन्दिरा पौैडेल,रोशेष श्रेष्ठ,विपी अध्ययन प्रतिष्ठानका धनकुटा अध्यक्ष धिरेन्द्र मिश्र,सम्र्पक समिति समन्वय समितिका संयोजक सुवास कोईराला, सुनसरी— काठमाण्डौ सम्पर्क समितिका सभापति  विष्णु कार्की,लमजुङ्ग— काठमाण्डौ सम्पर्क समितिका सभापति प्रदिप राज अधिकारीलगायतले विभिन्न चाड पर्वहरुको शुभकामना व्यक्त गर्दै कांग्रेसले संगठनलाई सुदृढ गर्दै विस्तार गर्नु पर्ने एक मात्र विकल्प रहेको बताए ।

कार्यक्रमका स्वागत मन्तव्य सम्र्पक समितिका कोषाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले व्यक्त गरेको थियो भने कार्यक्रमको संचालन सम्पर्क समितिका मिनराज खड्काले गरेका थिए ।

सहभागी कांग्रेसजनले नेपाली कांग्रेसलाई शक्तिशाली र देशकै ठूलो पार्टी बनाउन नेताहरु सच्चिदै नया ढंगबाट संगठन विस्तार तथा सुदृढिकरण गर्नु पर्ने भएकाले यस अभियानमा लाग्नु हुने यूवा नेताहरुलाई सवैले  सहयोग गर्नु पर्ने बताउँदै यस अभियानका अभियान्त भै सम्मानित पौडेललाई बधाई समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ