प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पुनः गङ्गाप्रसाद उप्रेती
प्रकाशित २०७५ असोज २१ आइतबार
279
Shares
काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन्। उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए।
प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरुको नियुक्ति भएको हो।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुको आजै शपथग्रहण हुने जानकारी दिए। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए। अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ। तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए। रासस