arrow

किमसँगको कुराकानी लाभदायी : पोम्पेओ

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
pompeo-kim.jpg

सिओल। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरण लगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ।

दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको बताउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले भने, “वार्ता सही र उत्तपादनमुलक भएको छ।” कुराकानीपछि उनीहरूसँगै बसेर खाना खाएका थिए।

दुई नेताबीच कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेताबीचको दोस्रो शिखर सम्मेलनका बिषयमा केन्द्रित भएको उनले बताए।

विदेशमन्त्री पोम्पेओले दुवै देशको सहमतिमा छिट्टै अमेरिकी राष्ट्रपति र नेता किमबीचको दोस्रो वार्ताको मिति तथा स्थान तय गरिने जानकारी गराए।

अमेरिकी विदेशमन्त्री प्योङयाङबाट वार्तामा भएका बिषयलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनलाई तथा विदेशमन्त्री काङ क्युङ ह्वालाई जानकारी गराउन आइतबार नै सिओलतर्फ प्रस्थान गरे।

राष्ट्रपति ट्रम्पले भनेजस्तै वार्ताका क्रममा धेरै चरण पार गर्नुपर्ने भएको र जसमध्ये आज एउटा चरण रहेको थियो। यो अगाडी बढ्ने मार्ग तय गर्नका लागी अर्को कदम हो, पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई ब्लु हाउसमा जानकारी गराए। “त्यसैले मलाई लाग्छ यो हामी सबैका लागि राम्रो प्रतिफल भएको छ।”

अमेरिकी कुटनीतिज्ञले आणविक निशस्त्रीकरण र वासिङटनसँगको ‘स्थिर सम्बन्ध’ निर्माण गर्न खेलेको भूमिकाका लागि सिओललाई धन्यवाद दिए। योन्हाप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ