arrow

अनाथ र गरिब विद्यार्थीको सहायताका लागि मेला

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
mela2.jpg

कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित शान्ति माविका पूर्व विद्यार्थीहरुको पहलमा अनाथ तथा गरीब बालबालिका सहयोगार्थ प्रथम बेलौरी बृहत कार्यक्रम तथा रमाइलो मेलाको तयारी अन्तिम चरणमा पुगेको छ  । 

बेलौरीको भकुण्डामा सञ्चालन हुन गइरहेको यस मेलाले सम्पुर्ण तयारी पुरा गरिएको आयोजकले जनाइको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रका गरीब ,जेहेन्दार तथा असक्त वालवालिका शिक्षा बाट बञ्चित नहुन भन्ने उद्येश्यले स्थापना गरिएको पुर्व विद्यार्थी समाज नामक सस्थाले विद्यार्थी केन्द्रित गरी रमाइलो मेला आयोजना गर्न गइरहेको जनाइएको छ ।

मेलाको उद्घाटन समारोह असोज २३ गते बिहान ११ः३० बजे  सुदुरपश्चिम प्रदेश प्रमुख मोहन राज मल्लद्वारा उद्घाटन गरिने भएको छ । 

पूर्व विद्यार्थी समाज शान्ति माविले सञ्चालन गर्न गइरहेको मेलाको व्यापक प्रचार प्रसारसमेत गरिएको छ । कञ्चनपरको दक्षिणी क्षेत्रकै रमणीयस्थल रहेको कालेश्वर महादेव  मन्दिर परिसरमा आयोजित मेलाले ५० लाख बराबरको कारोबार हुने जनाएको छ  भने ७५ हजार दर्शकले मेलाको अवलोकन गर्ने जनाइएको छ  । 

मेलामा कृषि प्रदर्शनी , शैक्षिक प्रदर्शनी, विभिन्न स्टलहरु, चर्खा, बेलौरी नगरपालिका विद्यालय स्तरीय कला संस्कृति प्रतिस्पर्धा, रानाथारु, चौधरी समुदायको चालचलन, भेषभुषाको प्रदर्शन, राष्ट्रिय स्तरका कलाकारलगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने बताइएको छ । मेला लाग्ने स्थानमा यस प्रदेश नं ७ कै ठूलो रानाथारु सङ्ग्रहालय स्थापना भइरहेकाले पनि पर्यटकीय क्षेत्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ