arrow

इन्टरपोलका अध्यक्ष पक्राऊ 

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
meng-hongwei.jpg

काठमाडौं । गत सेप्टेम्बर २५ तारिखदेखि हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंग इन्टरपोलको मुख्यालय फ्रान्सको लियोंबाट हराएका थिए ।

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको बीबीसीले जनाएको छ ।

कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ । सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । 

मेंगकी श्रीमतीले संचारमाध्यमसंग डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेकी थिइन् । 

उनको म्यासेजमा ‘मेरो फोनको प्रतिक्षा गर्नु’ लेखिएको थियो । 

Grace Meng talks to journalists on October 7, 2018 in Lyon during a press conference during which she did not want her face to be shown


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ