arrow

निर्मला हत्याको अनुसन्धानमा बाधा पार्नेलाई रोक्नु पर्‍यो : आयोग

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
NHRC-logo.jpeg

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न भनेको छ । नेपाल सरकार एवं गृहमन्त्रालयलाई आठ बुँदे निर्देशन जारी गर्दै आयोगले अनुसन्धानमा कसैले बाधा नगर्ने अवस्था सिर्जना गर्न भनेको हो । 

निर्देशन गरिएको बुँदा ३ मा भनिएको छ, ‘यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि निलम्ब नगरी यथासक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सृर्जना गर्ने परिस्थिति सृजना हुन नदिन ।’

यस्तै, आयोगले यही घटनाकाबीच प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानून बमोजिम कारबाही गर्न तथा यो घटनामा भाइते भएकाको प्रभावकारी निःशुल्क उपचार गर्न भनि निर्देशन गरेको छ । आयोगको ८ बुँदे निर्देशनमा गृहमन्त्रालयलाई बोधार्थ दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ