arrow

बहोदरमाई नगरपालिकाद्वारा ५४ करोड बजेट प्रस्तुत

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज २२ सोमबार
parsa-nagar.jpg

वीरगन्ज। आर्थिक वर्ष २०७५-०७६का लागि पर्साको बहोदरमाई नगरपालिकाले ५४ करोड भन्दा बढीको अनुमानित बजेट पास गरेको छ। नगरपालिकाको दोस्रो नगरसभाले चालु आर्थिक वर्षका लागि ५४ करोड ४२ लाख ९८ हजार २०४ रुपैयाँको अनुमाति बजेट पारित गरेको हो।

बहोदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साह तेलीले आज पत्रकार सम्मेलनको आयोजना गरी नगरभासले पारित गरको बजेट वारे संचारकमीहरुलाई जानकारी दिए। उनले चालु आर्थिक वर्षका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा नगरपालिकाको आन्तरिक अनुमानित आयतको आधारमा चालु आर्थिक वर्षको बजेट तयार पारेको बताए। मेयर तेलीले संघीय सरकार तथा प्रदेश सरकाबाट प्राप्तभएको अनुदान रकमलाई स्वास्थ्य, शिक्षा, कृषि, तथा पूर्वधार निर्माणमा बढी केन्द्रित गरिने योजना बनाइएको जानकारी दिए। 

पत्रकार सम्मेलनमा मेयर तेलीले संचारकर्मीहरुलाई उपलब्ध गराएको तथ्याँक अनुसार आर्थिक वर्ष २०७५-०७६का लागि संघीय सरकारबाट वित्तीय समानीकरणबाट ११ करोड ९८ लाख,शशर्त अनुदानबाट १३ करोड १६ लाख, राजश्व बाडफाँड रकम ६ करोठ ७३ लाख ६४ हजार, समाजिक सुरक्षा भत्ता बाप्त ५ करोड १५ लाख  रुपैयाँ अनुदान पाउने उलेख गरिएको छ। 

त्यसै चालु आर्थिक वर्षका लागि  प्रदेश सकराबाट वित्तीय समानिकरणबाट २९ लाख ५१ हजार, शशर्त अनुदानबाट एक कारोड, राजश्व बाडफाँड करम २६ लाख ५१ हजार, स्थानिय शासन तथा सामुदायिक एक लाख ८० हजार ,वहुक्षेत्रीय पोषण योजनाबाट १४ लाख ३१ हजार, सड्क बोर्ड नेपालबाट ३० लाख, अन्तरिक आयबाट ५० लाख ५० हजार, गत आर्थिक वर्षको आन्तरिक आम्दानी मौज्दात १४ लाख ३१ हजार ७३ रुपैया, गत आर्थिक वर्षको सरी आएको मौज्दात रकम १४ करोड ७० लाख ४० हजार १३० रुपैया र चालु तर्फबाट २ करोड १३ लाख ४१ हजार २०२ रुपौय आम्दानी हुने अनुमान गरिएको छ। 

चालु आर्थिक वर्षको अनुमानित बजेटलाई चालु तथा पूजिगत गरी दुई सिर्षकमा खर्च गरिने नगरपालिकाले जनाएको छ। चालु आर्थिक वर्षको लागि सबैभन्दा बढी २० करोड ५६ लाख रुपैयाँ पूर्वधार विकासमा, ११ करोड शिक्षामा, ३ करोड ८५ लाख रुपैयाँ स्वास्थ्यमा, सवारी साधन तथा मेसनरी खरिदमा एक करोड ३० लाख रुपैयाँ र प्रशासनिक खर्चमा ७ कारोड रुपैयाँ खर्चिने योजना रहेको मेयर तेलीले जानकारी दिए। 

चालु आर्थिक वर्ष भित्र नगरवासिको आम्दानीलाई बढाउने उदेश्यले कृषिमा ठुलो लगानी गर्नुको साथै उत्पादन सिल क्षेत्रको पहिचान गरी समेत लगानी केन्द्रित गर्ने निती दोस्रो नगरसभाले पारित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ