arrow

चाडबाडका बेलामा ६५ ड्रम जाँड र २० लिटर मदिरा नष्ट

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
madira.jpg

सल्यान । कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिकानुसार गठन भएको समिति, प्रहरी र पत्रकारको टोलीले संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइटमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जनाएको छ । 

दशैँ–तिहार नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने उद्देश्यसहित बजार क्षेत्रका पसल, होटल, औषधि पसल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रेका बिस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जानकारी दिए । कतिपय पसल दर्ता नभएका पाइएकाले सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको छ । 

यस्तै पसलमा मूल्यसूची र सूचनापाटीसमेत राख्न आग्रह गरिएको केसीले बताए । अवैध मदिरा नष्ट गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले घरेलु मदिराको अवैध कारोवारलाई रोकथाम गर्न प्रहरी र सरोकार भएकाहरुको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको जनाए ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा र घरेलु हिंसा बढ्नामा मदिरा प्रमुख कारणका रुपमा देखिएको भन्दै गाउँपालिकाभरिका सबै वडामा अनुगमन गरिने अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन हुने जानकारी दिए ।

घरेलु मदिरा सेवनकै  कारण आपराधिक गतिविधि बढ्ने  र शान्तिसुरक्षा एवं अमनचय नमा खलल पुग्ने  भएकाले  अवैधरुपमा उत्पादन गरिएको  मदिरा नष्ट गर्ने अभियानलाई जारी राखिने प्रहरी चौकी कपुरकोटका इञ्चार्ज सुरेन्द्र बुढाथोकीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ