arrow

यसरी बदलिए प्रहरी इञ्चार्जहरु

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
nepal-police-Fn.png.png

काठमाडौं । नेपाल प्रहरीभित्र अधिकारीहरु नै बदनामित हुन थालेपछि एकाएक अदलबदल भएको छ । प्रहरी अधिकारीहरु नै घुसकाण्डमा पक्राउ पर्न थालेपछि जिम्मेवारी हेरफेर गरिएको हो । 

प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि डीएसपी नरेन्द्र चन्दलाई खटाइएको छ ।

डीएसपी चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा विवादास्पद छविका अपिलराज बोहराको सरुवा भएको छ ।

त्यसैगरी थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ । 

थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो ।

सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाईएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले नै प्रमुखहरुलाई बोलाएर कडाइ गर्न निर्देशन दिएपछि प्रहरी अधिकारीहरु हेरफेर गरिएको हो । पछिल्ला केही घटनाहरुले गर्दा प्रहरी बदनामित हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ