arrow

इन्टरनेट दुनियामा सवा २ सय वर्ष पुरानो इतिहास सम्झाउँदै हुलाक दिवस

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
PO_box.JPG

काठमाडौं । १४४अाैँ विश्व हुलाक दिवस मंगलबार नेपालमा पनि मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ ।  सवा दुई सय वर्षअघि अर्थात् सन् १८७४मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघ गठन भएको सम्झना स्वरुप सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन थालिएको हो । 

सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट भएको मानिन्छ । नेपालमा पहिले-पहिले मुग्लान अथवा शहर गएका परिवारका सदस्यले घरमा र घरका भएका परिवारका सदस्यले मुग्लानीसँग कुरागर्न हुलाकको प्रयोग गर्थे । त्यो बेला माध्यम थिए, हुलाकी अथवा हलकारा । त्यो बेला उनीहरुको महत्व नै छुट्टै थियो । 

उ बेला रेडियो, टिभी, इन्टरनेट, सबैको काम हुलाकले नै गरिरहेको थियो ।  विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातमा सञ्चारको पहुँच पुग्यो । 

अहिले पनि हुलाकको महत्व हराएको छैन । हुलाक टिकटको बेग्लै महत्व छ । रजिट्रि गरेर पठाउनु पर्ने चिठ्ठी पा पार्सलका लागि हुलाक नै आवश्यक पर्छ । 

हुलाकको तस्वीर नयाँ पुस्ताले विर्सनै सक्दैन । अहिले स्कूले केटाकेटीले स्कूलमा लेखन अभ्यासको क्रममा बुबा, आमा र  साथीलाई पत्र लेख्छन् । हुन त त्यो चिठ्ठी इमेल मार्फत पनि पठाउन सकिन्छ । तर, अनिवार्य अभ्यासका क्रममा उनीहरुले प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चार अभ्यासलाई पछ्याउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ