arrow

चर्किँदो व्यापारयुद्धका बीच चिनियाँ र अमेरिकी विदेशमन्त्रीहरुबीच भेटवार्ता 

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार

काठमाडौं । अमेरिका र चीनको बीचमा पछिल्लो समय गहिरिँदै गएको व्यापारयुद्धका बीच अमेरिकी र चिनियाँ विदेशमन्त्रीहरुको बीचमा भेटवार्ता भएको छ । 

सोमबार उनीहरुको बीचमा भेटवार्ता भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामग्रीहरुमा अतिरिक्त शुल्क लगाउने निर्णय गरेका थिए । ट्रमपको यो निर्णयसँगै दुई मुलुकको बीचमा व्यापारिक तनाव देखिएको हो । 

गएको जुनयता अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । चीनले अमेरिकाबाट आउने केही समग्रीहरुमार कर लगाउँदै आएको छ । सोमबार चीन भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ समकक्षी वांगी र कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारी यांग जेइचीसँग भेटवार्ता गरेका थिए । 

भेटको क्रममा दुई मुलुकको बीचमा जारी रहेको तनाव कम गर्ने विषयमा छलफल भएको थियो । पोम्पओ पूर्वी एसियाको भ्रमणको क्रममा चीन पुगेका हुन् । यो भ्रमणको क्रममा उनी दक्षिण कोरिया, उत्तर कोरिया र जापान गइसकेका छन् । 

चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चिनियाँ विदेशमन्त्री वांगले अमेरिकासँग कारोबारको तनाव, ताइवानको मुद्दा र दक्षिण चीन सागरको विवाद बन्द गर्न आग्रह गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ