arrow

बैंककमा दुई समूहबीच विवादपछि गोली ठोकाठोक, भारतीय नागरिकको मृत्यु

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
gun-fire.jpg

बैंकक । थाइल्यान्डको राजधानी बैंककको एक व्यापारिक क्षेत्रमा किशोर किशोरीहरूको दुई समूहबीच विवादपछि गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ ।

थाइल्यान्डका स्वास्थ्य अधिकारीले सोमबार दिएको जानकारी अनुसार झडपमा परी कम्तीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आइतबार राति बैंककको पर्यटकीय क्षेत्र मानिने प्राटुनाम जिल्लामा भएको सशस्त्र झडपमा नजिकै बसको प्रतिक्षामा बसेका भारतीय पर्यटकहरूको समूहमा रहेका एक जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्र पर्यटकका लागि सस्तो र रात्रि समयका लागि मनोरन्जन प्रदान गर्ने बजारका रूपमा चिनिन्छ ।

प्रहरी प्रवक्त्ता कर्नेल कृसन्न पटाराचारोनद्वारा जारी विज्ञप्तिमा बैंककको एक व्यापारिक भवनमा केही किशोर किशोरीबीच भनाभन चलिरहँदा आक्रोशित एक समूहले चलाएको गोली लागि एक जनाको मृत्यु भएको हो । प्रहरीले गोली चलाउने किशोरकिशोरीको खोजी गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

बैंककको एर्ब–डुचेन्ने प्यारालाईसिस उपचार केन्द्रका अधिकारीले घटनामा एक भारतीय नागरिकको मृत्यु भएको र चार जना घाइते भएको घाइते भएको बताए ।  एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ