arrow

चीनसँग सैन्य ड्रोन किन्दै पाकिस्तान 

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
millitary-drone.png

काठमाडौं । पाकिस्तानले चीनसँग ४८ अोटा उच्च गुणस्तरको सैन्य ड्रोन खरिद गर्ने भएको छ । चीनले उक्त ड्रोनहरु पाकिस्तानलाई बिक्री गर्ने निर्णय गरेको हो । पाकिस्तान र चीनको बीचमा हुन लागेको निकै ठुलो सम्झौता रहेको बताइएको छ । 

मंगलबार चिनियाँ अधिकारीहरुले यो सम्झौताको लागि लाग्ने रकमको विषयमा भने कुनै जानकारी दिएका छैनन् । 

चीनको चेंग्डु एयरक्राफ्टले बनाएको यूएबील ड्रोन पाकिस्तानलाई बिक्रीको तयारी गरिएको हो । दुई मुलुकहरुको संयुक्त निर्माणको उक्त ड्रोनहरु तयार हुने बताइएको छ । 

ग्लोबल टाइम्सले चीन पाकिस्तानको सबैभन्दा ठुलो सहयोगी मुलुक रहेको भन्दै संयुक्तरुपमा यो ड्रोन निर्माणको तयारी भएको उल्लेख गरेको छ । समाचारमा बताइएअनुसार लामो समयदेखि पाकिस्तान चिनियाँ ड्रोन खरिद गर्ने पक्षमा रहेको थियो । 

यस्तोमा भारत र रुसबीच भएको एस–४०० मिसाइल सम्झौतापछि भने चीनले पाकिस्तानलाई यो स्वीकृति दिएको हो । गत साता भारत र रुसबीचको यो सम्झौतामा हस्ताक्षर भएको थियो । 

पाकिस्तानको वायु सेनाले पनि यो विवरणको पुष्टि गरेको छ । यद्यपि दुवै पक्षले यो सम्झौताको रकम भने खुलाएका छैनन् । साथै कहिले उक्त ड्रोनहरु पाकिस्तान पुग्छन् भन्ने विषयमा पनि कुनै किसिमको जानकारी दिइएको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ