arrow

गुजरातबाट लखेटिँदै उत्तर प्रदेश र विहारका भारतीयहरु, मुख्यमन्त्रीसँग मोदी रुष्ट

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
gujarat.jpeg

काठमाडौं । भारतको गुजरातमा भड्किएको हिंसापछि विहार तथा उत्तर प्रदेशका श्रमिकहरु लखेटिएका छन् । १४ वर्षीया बालिकाको बलात्कारको घटनापछि गुजरातमा हिंसा भड्किएको हो । 

गुजरातमा भएको उक्त बलात्कारको घटनामा एक विहारका श्रमिक दोषी रहेको अारोपमा पक्राउ परेसँगै हिन्दीभाषीमाथि आक्रमणका घटनाहरु बढेको हो । उक्त बलात्कारको घटना गत सेप्टेम्बर २८ मा भएको थियो । 

हिन्दीभाषीमाथिको आक्रमणमा संलग्नता रहेको भन्दै ४ सयभन्दा बढी मानिसहरु प्रक्राउ परेको अधिकारीहरुले बताएका छन् । उत्तर भारतीयहरुमाथि भइरहेको आक्रमणको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपीका अध्यक्ष अमित शाहले पनि चासो दिएका छन् । उनीहरुले गुजरातका मुख्यमन्त्रीप्रति निराशा व्यक्त गरेका छन् । मोदीले याे घटनालाई सही ढङ्गले समाधान गर्न मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । 

नोभेम्बर र डिसेम्बरमा विभिन्न पाँच राज्यमा हुन गइरहेको निर्वाचनको कारण पनि यो मामिलालाई सही ढङ्गले तह लगाउनु बीजेपीको लागि निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् । 

यद्यपि गुजरातको सरकारले भने आउँदै गरेको पर्वको कारण आफ्नो घर फर्किइरहेको बताएका छन् । विहारका मुख्यमन्त्री नितिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बढ्दो हिंसाको विषयमा चिन्ता व्यक्त गरेका छन् । 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले गुजरातमा भड्किएको हिंसा गलत रहेको बताउँदै त्यसको प्रमुख कारण बेरोजगारी र बन्द भएका कारखानाहरु रहेको बताएका छन् । गुजरातका कांग्रेस अध्यक्षले मुख्यमन्त्रीको अक्षमताको कारण यो समस्या समाधान हुन नसकेको अरोप लगाएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ