arrow

ढुङ्गा बोकेको ट्र्याक्टर ब्रेकफेल हुँदा चालक र सहचालकको मृत्यु

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
tactor.jpg

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा मंगलबार घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा बर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाइते सोही स्थानका २० वर्षीय भीम कठरियाको अवस्था सामान्य रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ