arrow

प्रथम वडाध्यक्ष कप प्रतियोगीता बुधबारदेखि

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ असोज २३ मंगलबार
volleyball-game.jpeg

लम्की । कैलालीको जानकी गाँउपालिका वडा नम्बर ५ मा वडा स्तरीय प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगीता २०७५ दोस्रो संस्करणको आयोजना हुने भएको छ ।

स्वास्थ्य र खेलकुद बिकास र पुर्वाधार शान्ति एकता र सामाजिक सद्भाव नयाँ नेपालको आधार भन्ने मुल नाराका साथ सञ्चालन गरीन लागेको  प्रतियोगीता बुधबार बाट सुरु हुने भएको हो ।

 प्रतियोगीतामा महिला पुरुष भलिबल,  पुरुष ब्याडमिन्टन, बिधामा प्रतियोगीता हुने खेलकुद बिकास समितिका संयोजक अनिल कुमार चौधरीले  जानकारी दिनु भएको छ ।

 जानकी गाउँपालिकामा  बिगतका दिनहरुमा पनि युवा लक्षित कार्यक्रमहरु ऋनतरगत बिभिन्न विद्याका खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनहरुमा पनी युवाहरुको नेतृत्व तथा क्षमता बिकासका लागी सधै लागी पर्ने वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारुले बताए ।

 आफु युवा भएकाले युवाको क्षेत्रमा बढि भन्दा बढी कार्यक्रम गर्ने बताउनु भयो । उहाले युवा हरुले आफुलाई आवश्यक पर्ने ज्ञान सिप तथा तालिमका लागी समेत आफुलाई जानकारी गराए त्यसता युवाहरुको समस्या लाई तत्काल सम्बोधन गर्ने बताए।

 पछिल्लो समयमा युवाहरु विभिन्न किसिमका लागुपदार्थ दुव्र्यसनी जस्ता कुलतमा फस्ने गरेको बताउदै वडा अध्यक्ष थारुले अब छिटै वडा बाट त्यस्ता कार्यको न्युनिकरणका लागी सचेतना मुलक कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ