arrow

हिन्दूको विरोध गर्दा परास्त भएको काँग्रेसको 'टेम्पल रन' प्लान ! 

कुनै समय कट्टर विरोधि राहुल 'शिवभक्त' !

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
rahul_gandhi1.jpg

नयाँ दिल्ली । पछिल्लो १५ वर्षसम्म मध्य प्रदेशको सत्तामा जान नसकेको भारतीय कांग्रेसले सत्तामा जानको लागि अनेक अनेक प्रयास गरिरहेको छ । तर, पनि अहिले सम्म काँग्रेसको जोर चलिरहेको छैन । यस्तो अवस्थामा काँग्रेसले फेरि पनि एक पटक नयाँ योजना मार्फत् सत्तामा जाने प्रयास गर्न लागेको छ । 

२००३ मा हिन्दूत्वको विरोध गरेकै कारण पत्तासाफ भएको काँग्रेस अब २०१८ मा हुने चुनावमा भने हिन्दूत्वको रथमा सवार भएर चुनावमा जाने भएको छ । १५ वर्ष पहिले दिग्विजय सिंहको नेतृत्वमा काँग्रेसले हिन्दूत्वको कडा शब्दमा विरोध गरेको थियो । तर, अहिले परिस्थिती बदलिएको भन्दै हिन्दूत्वको मुद्दाबाट चुनाव लड्ने नीति लिएको छ । उनीहरु अहिले पार्टीका अध्यक्ष राहुल गान्धीलाई 'शिवभक्त,' 'राम भक्त' तथा 'नर्मदा भक्त'को रुपमा खडा गर्न सुरु गरिसकेका छन् । 

के भनेका थिए दिग्विजय सिंहले ?
२००३ मा तत्कालीन मुख्यमन्त्री मुख्यमन्त्री दिग्विजय सिंहले 'पोङ्गा पण्डित' जस्तो तुच्छ शब्द प्रयोग गरी हिन्दूहरुलाई गाली गरेका थिए । त्यतिबेला धार्मिक मुद्दा उठाएर गएको विजेपीको विरोधको लागि दिएको अविव्यक्तिले झण्डै १५ वर्षसम्म विजेपी मध्यप्रदेशको सत्ताबाट बाहिरिन पुग्यो । सोही साल बीजेपीद्वारा उमा भारतीले आफ्नो मुख्यमन्त्री उम्मेदवारी घोषणा गरेकी थिइन् । 

१५ सालको वनवास पछि फेरि हिन्दूत्वको मुद्दा 
लगातार तीन चुनावमा मध्य प्रदेशमा हार खाएपछि यो पटक काँग्रेसले पनि आफ्नो मुद्दा हिन्दू धर्ममा नै केन्द्रित गरेको छ । राहुल गान्धीको कैलास मानसरोवर यात्रा पछि उनले 'शिवभक्त' आफूलाई शिवभक्तको रुपमा दाबी गरिरहेका छन् । यसको अलावा चित्रकूट यात्रापछि उनी रामभक्त पनि बनेका छन् भने उनले जवलपुरमा नर्मदाको भक्तको रुपमा पनि आम भारतीयलाई देखाउने प्रयास गरेका छन् । काँग्रेसको यस्तो राजनीतिहरुलाई भारतीय सञ्चारमाध्यमहरुले ''ट्याम्पल रन'' राजनीति भनेका छन् । 

राहुल 'शिव भक्त' !
मध्य प्रदेशमा कांग्रेसको लडाई जित्न एकदमै कठिन बनिरहेको छ । यस्तो अवस्थामा पार्टीले भने यस्तो बाटो चुनेको छ । अहिले काँग्रेस पनि गाईको संरक्षणको मुद्दा लिएर अघि बढेको छ भने हरेक पञ्चायतमा एउटा गौशाला बनाउने योजना समेत बाँड्न थालेको छ । अहिले मध्यप्रदेशमा टाँसिएका पोस्टरहरुमा जवाहरलाल नेहरुले जसरी उनले आफूलाई पण्डित भन्दै हिँडेका छन् । चित्रकूटमा राहुल गान्धीको यात्रा कामतानाथ मन्दिरमा पूजापछि देखि सुरु भएको थियो । उनी अहिले भन्न थालेका छन् कि भगवान रामले १४ सालको वनवासको अवधिको ११ साल यही गुजारेका थिए । हरिशंकर शुक्लाको नेतृत्वमा कांग्रेसको एक प्रतिनिधिमण्डल पनि चित्रकूटबाट अमरकंटकको रुट परिक्रमा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ