arrow

राष्ट्रसंघका लागि अमेरिकी राजदूतले दिइन् राजीनामा 

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
trump-haley.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले राजीनामा दिएकी छिन् । पछिल्लो २ वर्षदेखि यो पदमा रहँदै आएकी उनले मंगलबार पदबाट राजीनामा दिएकी हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल हेलीले आफ्नो कार्यकालमा निकै राम्रो काम गरेको भन्दै उनको प्रशंसा गरे । हेलीले राजीनामा दिनुको पछाडि कुनै कारण दिइएको छैन ।

ट्रम्पले उनको पदमा आगामी २ देखि ३ साताभित्र राष्ट्रसंघीय राजदूत नियुक्त गरिने जानकारी दिएका छन् । ट्रम्पले हेलीले आफूलाई छ महिना अघि नै अवकाश लिन लागेको जानकारी गराएको बताएका छन् । 

यसअघि सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा हेलीले ट्रम्पको विरुद्धमा निर्वाचन लड्नसक्ने समाचार सार्वजनिक भएको थियो । यद्यपि उनले यो समाचारको खण्डन गर्दै आगामी निर्वाचनमा पनि ट्रम्पलाई सहयोग गर्ने बताइन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ