arrow

भारतमा रेल दुर्घटना, ७ को मृत्यु, २० भन्दा बढी घाइते 

logo
प्रकाशित २०७५ असोज २४ बुधबार

काठमाडौं । भारतको उत्तर प्रदेशमा बुधबार रेल दुर्घटना भएको छ । दुर्घटनामा पनि कम्तीमा ७ जना मानिसको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

भारतको उत्तर प्रदेशको रायबरेलीको न्यु फरक्का एक्सप्रेसको रेल दुर्घटना भएको हो । रेलका छ डब्बाहरु लिगभन्दा बाहिर गएको कारण यो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । उक्त रेल पश्चिम बंगालबाट नयाँ दिल्ली जाँदै थियो । 

रायबरेलीका अधिकारीहरुले दुर्घटना भएको क्षेत्रको पहिचान गरी उद्धारकार्य सुरु गरिसकिएको जानकारी दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि दुर्घटनास्थलतर्फ प्रस्थान गरेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ