arrow

बंगलादेशका पूर्वप्रधानमन्त्रीका छोराले पाए जीवनदान, १९ जनालाई मृत्युदण्ड

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
tarique-rahman.jpg

काठमाडौं । बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई जीवनदान दिने फैसला सुनाएको छ ।

सन् २००४ मा र्‍यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई आजीवन कारवासको सजाय सुनाइएको हो । यसमा दोषी पाइएका अन्य १९ जना मानिसहरुलाई भने मृत्युदण्डको सजाय सुनाइएको छ ।

सन् २००४ मा भएको सो बम आक्रमणमा परी २४ जना मानिसहरुको ज्यान गएको थियो । साथै थप ५ सय मानिसहरुको घाइते भएका थिए । जसमा वर्तमान प्रधानमन्त्री शेख हसिना पनि रहेकी थिइन् ।

बंगलादेशको अदालतले गत सेप्टेम्बरमा यो मुद्दाको सुनुवाई सकाएको थियो । सुनुवाइ सकिएसँगै बुधबार अदालतले यस्तो फैसला सुनाएको हो ।

अदालतको फैसला आउनुभन्दा अगाडि ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी


यसअघि प्रकाशित भएको समाचारमा अन्यथा भएकोले सच्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ