नेविसंघले पारित गरेको विधान कांग्रेसले संसोधन गरेपछि विद्यार्थी नेताहरु आक्रोशित
प्रकाशित २०७५ असोज २४ बुधबार
616
Shares
काठमाठौं । नेविसंघले पारित गरेको विधान नेपाली कांग्रेसले संसोधन गरेपछि विद्यार्थी नेताहरु आक्रोशित भएका छन् । बुधबार महामन्त्री कुन्दनराज काफ्लेले विज्ञाप्ति जारी गर्दै पछिल्लो पटक बसेको नेविसंघ केन्द्रिय समितिले पेश गरेको सर्वसम्मत विधानलार्ई पार्टीको मूल नेतृत्वले लत्याउदै बहुमतको दम्भको आधारमा आफु अनुकुलको व्यक्तिलाई स्थापित गराउने उद्धेश्यले चालेको कदम घोर आपतिजनक भएको उल्लेख गरेका छन् ।
काफ्लेद्वार जारी विज्ञप्तिमा भनिएको छ, 'संविधान कार्यन्वयनको चरणमा स्थानिय, प्रदेश र संघिय निर्वाचन सम्पन्न भैसकेको छ । यस अवस्थामा लोकतान्त्रिक चरित्र मार्फत सवैका निम्ति समान व्यवहार प्रर्दशन गर्नुपर्नेमा सरकार लोकतन्त्रिक पद्धतिलाई अस्तव्यस्त वनाउदै मूलुकमा अस्थिरता र अराजकता मच्चाइरहेको छ । अधिनायकवादको अभ्यास गरिरहेकोले २ तिहाइ बहुमतको कम्यूनिष्ट सरकार विरुद्ध समग्र देश एकतावद्ध हुनु पर्ने वर्तमान समयको माग हो । सरकारले गर्ने हरेक क्रियाकलाप र उदण्ड हर्कतका विरुद्ध खवरदारी गरी जनतालाई सुरक्षित र भयमुक्त वनाउन योजनावद्ध कार्य गर्नु हामी लोकतन्त्रका सिपाहीको अनिवार्य कर्तव्य हो ।'
उनको विज्ञप्तिमा कम्यूनिष्ट सरकारको अतिवादको विरुद्ध लड्नुपर्ने यस समयमा नेपाली काँग्रेसले कस्तो चरित्र प्रदर्शन गरीरहेको छ भन्ने प्रश्न गर्दै भनिएको छ 'नेविसंघले पेश गरेको विधान पास गरि १२ औं महाधिवेशन गरिनु पर्छ अन्यथा त्यसले पार्टीको मुल चरित्र र लोकतन्त्रीक आर्दश माथि चोट पुर्याउने ठहर गर्दै नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेर हजारौ विद्यार्थीको पक्षमा वकालत गरिदिनु भएकोमा नेपाली काग्रेरेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्रीहरु प्रकाशमान् सिंह, कुष्ण प्रसाद सिलौला र नेता अर्जुन नरसिंह के.सि. प्रति हार्दिक आभार प्रकट गर्दछौ । साथै यस अभियानमा समर्थन गर्ने पार्टीका केन्द्रीय नेताहरु, विद्यार्थी नेताहरु एंव सबैमा केन्द्रीय समितिको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।'