arrow

छिमेकी मारेर भागेका शंकरसहित नौ जना पक्राउ 

logo
सन्तोष पौडेल
प्रकाशित २०७५ असोज २५ बिहिबार
arrest.jpg.jpeg

बर्दिया । जिल्ला अदालत बर्दियाबाट कर्तव्य ज्यान मुद्धामा सर्वस्वसहित जन्म कैद सजाय पाएका गुलरीया नगरपालिका १२ भैसाहीका ३९ वर्षीय शंकर थारुलाई प्रहरीले पक्राउ गरेको छ । 

आठ वर्षअघि आफ्नै छिमेकीलाई गोली हानेर हत्या गरी फरार रहेका थारुलाई प्रहरीले मंगलबार राती उनको आफ्नै घरबाट पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए । 

२०६७ सालमा सोही स्थान बस्ने छोटेलाल थारुलाई विवादका क्रममा गोली हानी हत्या गरेको ठहर गर्दै अदालतले उनलाई २०७२ सालमा २० बर्ष कैद हुने फैसला सुनाएको थियो ।

लामो समयदेखि भारत तथा नेपालकै विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका घटना लगत्तै फरार प्रतिवादी शंकर थारुलाई कारागार पठाईने प्रहरीले जनाएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय बर्दियाले फैसला कार्यान्वयनकै सिलसिलामा कैद भुक्तान हुन बाँकी ८ जनालाई पक्राउ गरेको छ । 

गएको भदौ देखि असोज अन्तिम सातासम्म प्रहरीले विभिन्न मुद्धामा सजाय पाएका तर फरार रहेका अन्य ८ जनालाई समेत पक्राउ गरेको छ । 

जवरजस्ती करणी मुद्धामा १३-१३ बर्ष कैद सजाय पाएका गुलरिया नगरपालिका ७ का नन्कौ गोडिया र हेमराज गोडिया पक्राउ परेका छन । 

त्यस्तै सवारी ज्यान कर्तव्यमा ३ बर्ष ११ महिना सजाय फैसला भएका गुलरीया नगरपालिका ८ का कधई लोध, भ्रष्टाचार अनियमितता मुद्धामा १ बर्ष कैद भुक्तान हुन बाँकी रहेका मधुवन नगरपालिका ४ का विष्णु प्रसाद योगी, अवैध रुपमा काठ कटान मुद्धामा ५ महिना कैद सजाय पाएका बैढयाताल गाँउपालिका ८ का कृष्ण बहादुर थारु तथा बाँसगढी नगरपालिकाका रामफल थारु तथा सोही स्थानकै सन्तराम थारुलाई पनि पक्राउ गरिएको छ ।

त्यस्तै कुटपिट अंगभंग मुद्धामा १ बर्ष ११ महिना ८ दिन कैद सजाय पाएका फरार प्रतिवादी गुलरीया नगरपालिका १ का कर्णलाल शर्मालाई समेत प्रहरीले पक्राउ गरेको हो । 

सजाय पाए पनि कैद सजाय भोग्न बाँकी अन्य सबै अपराधीलाई पक्राउ गरी शुसासन र सुरक्षित समाज निर्माणको लागि प्रहरी कटिबद्ध भई लागेको प्रहरी प्रमुख एसपी मैनालीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ