arrow

अमेरिकामा शक्तिशाली आँधीः कम्तिमा १३ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
hurricane.JPG

काठमाडौं । अमेरिकामा शक्तिशाली आँधी आएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले कम्तिमा १३ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

फ्लोरिडामा एक सय वर्षपछिकै सबैभन्दा ठूलो आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको हो । स्थानीय प्रशासनले भने अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको सूचना दिएको छ । 

प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति पुर्याएको छ । फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभावित पारेको छ ।

फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

A damaged home is seen after hurricane Michael passed through Panama City, Florida

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ