arrow

निर्वाचनमा धाँधली भएको भन्दै माल्दिभ्सका राष्ट्रपतिले गरे अदालतमा उजुरी 

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
yamin.jpg

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले सेप्टेम्बर २३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । निर्वाचनमा पराजित भएका यामिनले बुधबार अदालतमा यस्तो मुद्दा दायर गरेका हुन् । सो निर्वाचनमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह विजयी भएका थिए । 

निर्वाचनमा धाँधली भएको भन्दै यामिनका समर्थकहरुले दिएको धम्कीको कारण निवार्चन कमिसनका चार अधिकारीहरुले मुलुक छाडेको प्रमुख निर्वाचन आयुक्तले बताएका छन् । निर्वाचन आयुक्त अहमद सरिफले यामिनका समर्थकहरुको समुहले सदस्याहरुको घरमा पुगेर उनीहरुले विपक्षीहरुबाट घुस लिएर निर्वाचनमा धाँधली गरेको भन्दै धम्की दिन थालेपछि उनीहरुले मुलुक छाडेका हुन् । 

विपक्षी गठबन्धनले भने यामिनले सत्ता नछाड्नका लागि यस किसिमको आरोप लगाएको बताएको छ । यामिनको पार्टीले अहिले दायर गरेको मुद्दामा भ्रष्टाचार, मत गन्दा जालझेल गरेकोलगायतका आरोपहरु लगाएको छ ।

उच्च अदालतमा दायर गरिएको यो मुद्दामा के माग गरिएको छ भन्ने खुलेको छैन । माल्दिभ्सको नियमअनुसार निर्वाचनको नतिजा घोषणा भएको २ साताभित्र नतिजाको विषयमा मुद्दा दायर गर्न पाइन्छ ।  नोभेम्बर १७ मा यामिनले निर्वाचनमा जित हासिल गरेका सोलिहलाई सत्ता सुम्पनुपर्ने थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ