- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुससँगको मिसाइल सम्झौता गरेसँगै भारतमाथि अमेरिकी प्रतिबन्धको खतरा मडारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथिको प्रतिबन्धको आशंकाको विषयमा बोल्दै भारतले अब छिटै नै यसको परिणाम देख्ने चेतावनी दिएका छन् ।
गत साता भारतले रुससँग ५ अर्ब डलरबराबरको एस–४०० मिसायल खरिदको लागि सम्झौता गरेको थियो । भारतमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने कुराको अन्तिम अधिकार ट्रम्पमा रहेको समाचार आइरहेको अवस्थामा उनले भारतलाई यस्तो चेतावनी दिएका छन् ।
ट्रम्पले इरानबाट तेल खरिद गर्ने मुलुकहरुको विषयमा पनि सोचिरहेको बताए । चीन र भारतले इरानबाट तेल आयात जारी राख्ने बताएको बारे गरिएको एक प्रश्नमा उनले त्यसको विषयमा पनि सोचिरहेको जानकारी दिए । विश्लेषकहरुका अनुसार भारतले गरेको रुससँग गरेको मिसाइल सम्झौता अमेरिकी नजरमा ठुलो सम्झौता रहेकोले भारतमाथि प्रतिबन्ध लाग्नसक्ने सम्भावना बलियो रहेको बताएका छन् ।
अमेरिकाले रुससँग मिसाइल खरिद गरेको भन्दै चिनियाँ सेनालाई पनि केही समयअघि प्रतिबन्ध लगाइसकेको छ । यस्तोमा भारतले प्रतिबन्धबाट बच्नका लागि धेरै प्रयास गरिरहेको छ । यसअघि भारतले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको भारत भ्रमणमा पनि यो विषय उठाएको थियो । एजेन्सी