arrow

चीनको अमेरिकासँगको व्यापारनाफा अहिलेसम्मकै उच्च 

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
china-us1.jpg

काठमाडौं । चीनको अमेरिकासँगको व्यापारनाफा गत सेप्टेम्बर महिनामा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चीनको भन्सार विभागले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनाको लागि चीनको अमेरिकासँगको व्यापारनाफा ३४अर्ब १३ करोड डलरमा रहेको देखिएको हो । 

गत अगष्ट महिनामा ३१ अर्ब पाँच करोड डलरमा रहेको व्यापारनाफामा सेप्टेम्बर महिनामा भने उल्लेख्य वृद्धि भएको देखिएको हो । 

यस वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको अवधिमा चीनको अमेरिकासँगको व्यापारनाफा दुई खर्ब २५ अर्ब डलरमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो नतिजा एक खर्ब ९६ अर्ब डलरमा रहेको थियो ।

अमेरिकाको लागि चीनसँगको व्यापारघाटा सबैभन्दा ठुलो टाउको दुखाइको विषय बन्दै आएको छ । व्यापारघाटाको कारण अमेरिका र चीनको बीचमा व्यापारिक तनावको स्थिति आएको छ । 

अमेरिकाले चीनसँगको व्यापारघाटाबाट पार पाउनका लागि चीनबाट आउने सामग्रीहरुमा कर बढाएसँगै उनीहरुको बीचमा व्यापारयुद्ध सुरु भएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ