arrow

महानगरपालिकाले गर्यो एकीकृत सम्पत्ति कर खारेजी

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
pokhara-mahanagar.jpg

पोखरा । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर हटेको छ । बिहीबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो ।

यसअघि करको बिषयलाई लिएर चौतर्फी विरोध गरिएको थियो । नागरिकको ढाड सेक्ने गरी महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धासमेत परेको थियो । 

मुद्धाको सुनुवाई गर्दै उच्च अदालत पोखराले ले एकीकृत सम्पत्ति कर नलिन आदेश जारी गरेपछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । अबदेखि महानगरले सम्पत्ति कर र भूमिकर शीर्षकमा कर संकलन गर्नेछ ।

‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । 

त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेलले बताए । 

असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ