arrow

मनिषा कोइरालालाई डेब्यू गराउने सुभाष घई पनि ‘दूराचारी’ 

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
subash-ghai.jpg

काठमाडौं । बलिउडमा अहिले यौन दूराचारको ट्याग लाग्ने क्रम बढ्दो छ । नाना पाटेगरको विवाद सेलाउन नपाउँदै अब मनिषा कोइरालालाई बलिउडमा डेब्यु गराउने सौदागर निर्देशक सुभाष घई पनि बलात्कारको मुद्दामा फसेका छन् । 

एक महिलाले उनलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । महिमा कुकरेजाले आफू पीडित भएको बताएकी हुन् । 

कुकरेजाले सुभाष घईसंग संगै फिल्ममा काम गरिरहेका बेलामा यो घटना भएको बताएकी छिन् । 

फिल्म इन्डस्ट्रीमा उनलाई घईले गाइड गर्ने र अगाडि बढाउने आश्वासन दिएका थिए । 

उक्त महिलाले भनेकी छिन्, ‘मेरो फिल्म इन्डष्ट्रीमा कोही गडफादर थिएन त्यसैले जे भने त्यही मानें ।’

उनले आफू राम्रो डाइरेक्टर बन्ने अभिलाषा राख्दथिन् । 

बलात्कार आरोपको घईले खण्डन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ