arrow

यी हुन् नेपालकै सुन्दर चकलेटी ब्याचलर वडा अध्यक्ष

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
balaram-sitaula.jpg

काठमाडौंं। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला सामाजिक कामको साथै सुन्दरताका कारण अहिले सामाजिक सञ्जालमा चर्चाको पात्र बनिरहेका छन्। काठमाडौं उपत्यकाकै सबैभन्दा कान्छो वडा अध्यक्ष रहेका सिटौला अहिले नेपालकै सुन्दर चकलेटी वडा अध्यक्षको नामले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। २०४६ साल जेठ १६ गते जन्मिएका सिटौला तारकेश्वर ९ को वडा अध्यक्षमा बिजयी भइरहंदा मात्र २७ बर्षको उमेरका थिए।

काठमाडौंकै कान्छो वडा अध्यक्ष बलरामले आफुले वडा अध्यक्ष बापत प्राप्त गर्ने तलब व्यक्तिगत कामका लागि नभई सामाजिक काममा एकमुष्ट खर्च गर्ने घोषणाले उनको कदलाई झनै माथि पुर्याइदिएको छ। 

अहिलेसम्म अविवाहित रहेका सिटौलाले वडा अध्यक्ष भएको १ बर्षमै ५० मिटर भन्दा बढीका १५ वटा बाटोहरु निर्माण, ल्याव सहित सहरी स्वास्थ्य केन्द्र, वडाका बिभिन्न ठाँउहरुमा सुचना पार्टी, अपांगता भएका व्यक्तिहरुलाई सहायसामग्रीहरु, रक्तदान कार्यक्रमहरु, महिलाहरुका लागि सिपमुलक तालीम लगायत दर्जनौं काम गरेर जनताको मन जित्न सफल भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ