arrow

अमेरिका मलाई मार्न चाहन्छ : मादुरो 

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
maduro.png

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलास मादुराले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासन आफूलाई मार्ने योजनामा अघि बढिरहेको आरोप लगाएका छन् । दुई मुलुकको सम्बन्धमा देखिएको तनावको बीचमा भेनेजुयलाका राष्ट्रपतिको तर्फबाट यस किसिमको भनाइ आएको हो । 

मादुरोको यस किसिमको टीप्पणीको विषयमा अमेरिकाको राष्ट्रिय सुरक्षा परषद्का प्रवक्ताले अमेरिकाको नीति सधैं शान्तिको पक्षमा रहेका जानकारी दिएका छन् । उनले भेनेजुयलामा प्रजातन्त्र बलियो होस् भन्ने मात्र अमेरिकाको नीति रहेको बताए । 

भेनेजुयलाका विपक्षीहरुले भने मादुरोले आफ्ना सबै विपक्षीहरुलाई प्रतिस्पर्धामा आउनबाट रोक्ने नीति लिएको आरोप लगाउँदै आएका छन् । तेलको धनी मुलुकमा देखिएको संकटको कारण सन् २०१५ यता भेनेजुयलाबाट करिब २० लाख मानिसहरु पलायन भइसकेका छन् । 

भेनेजुयलामा देखिएको खाद्यान्न अभाव, अत्यधिक महँगी र हिंसाको कारण मुलुक छाड्ने मानिसहरुको संख्या बढ्दो क्रममा छ । केही समयअघि अमेरिकाले भेनेुजयलाका राष्ट्रपति मादुरो तथा उनका अधिकारीहरुलाई अरुलाई आफ्नो प्रतिस्पर्धामा आउनबाट रोकेको भन्दै अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ