arrow

रिठ्ठे भिरबाट सुनकोशीमा बस खस्यो : एकको मृत्यु, सात जनाको उद्धार

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
bp-highway1.jpeg

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट शुक्रबार यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
 
सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ