ओलीको बचाउ गर्दै पूर्वमन्त्री न्यौपानेले भने - ‘विकास भनेको जादुको छडी होइन’
प्रकाशित २०७५ असोज २६ शुक्रबार
683
Shares
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् । देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनैपनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।
रिपोर्टर्स क्लव नेपालमा पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए । सरकारले जनताका पक्षमा काम गरिरहेको पनि उनले जानकारी गराएका छन ।
प्रधानमन्त्री ओलीको बचाउ गरेका न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जनाएका छन । ‘विकास भनेको जादुको छडी होइन’, उनले भने, ‘विकास भइरहेको छ । सरकार बनेको भर्खरै छ महिना पुगेको छ । यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो ।’
न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे । ‘दुई तिहाईको यो सरकारलाई काम गर्न दिनुपर्छ’, उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन । जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ ।