arrow

अर्जुनधाराका २७ वटा पसल अनुगमन

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
arjundhara.jpg

झापा ।  अर्जुनधारा नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा  बजार अनुगमन गरेको छ । अनुगमन टोलीले  शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको छ । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो ।

नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक कमला आचार्यको संयोजकत्वमा शनिश्चरे प्रहरी चौकी , उद्योग वाणिज्य संघ, बिभिन्न बिषयगत शाखा तथा पत्रकारको टोलीले शनिश्चरे बजार क्षेत्रका बिभिन्न २७ वटा पसलमा अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण गरे (नगरेको, राजस्व तिरे (नतिरेको र म्याद गुज्रेको अखाद्य बस्तु, नापतौलको प्रमाणपत्र,  स्थायी लेखा प्रमाणपत्र, मासुको गुणस्तर लगायतको अनुगमन तथा निरिक्षण गरेको थियो ।

४ वटा होटेल तथा मिठाई पसल , ७ वटा किराना, १ वटा कोल्ड सेन्टर, २ वटा पान पसल , २ वटा मासु पसल , १ वटा खाजा पसल , १० वटा फलफूल पसलमा अनुगमन गरेको अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख कमला आचार्यले बताइन । बजार अनुगमनलाई निरन्तरता दिने बताउदै अनुगमन समिति संयोजक आचार्यले प्रचलित नियम पुर्‍याएर व्यवसाय सञ्चालन गर्न व्यापारी व्यवसायीलाई आग्रह समेत गरेकी थिइन । बजार अनुगमनको क्रममा अनुगमन टोलीले ११ किसिमका म्याद गुज्रेका खाद्य बस्तु र शनिश्चरे बजारको एक होलसेल किराना पसलबाट १० काटुन बाबा तेल सडपि हेल्थ तेल समेत  म्याद नाघेको हुनाले जफत गरेको थियो ।

अनुगमन टोलीका सदस्य तथा कृषि विकास शाखा अधिकृत सालिकराम भट्टराईले व्यवसायी संघमा दर्ता भएपनि धेरैजसो व्यापारी व्यवसायी स्थानीय तहको दर्तामा नआएको भेटिएकाले पुर्णतया दर्ता गरि कागजात देखिने गरि पसलमा झुण्ड्याउन आग्रह गरे । दर्ता प्रक्रियामा नआएका बिभिन्न मासु पसलमा समेत टोलीले विशेष निगरानी बढाउने बताइएको छ ।

शनिश्चरे उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द्र खतिवडाले धेरैजसो व्यवसायीले निश्चित सामाग्री विक्री गर्छ त्यो भन्दा धेरै आफ्नो लागि खरिद गर्ने बताउदै दर्ता गरि पैसा कमाउने नाममा मानव स्वास्थ्यमा खेलवाड नगर्ने व्यापारीलाई आग्रह गरे । मानिसको जीवनमा सिधै असर पर्ने खालका म्याद गुज्रेका खाद्य बस्तु नराख्न र राख्दा समेत सचेत भएर आफुले पनि म्याद हेरेर राख्न उनले व्यवसायीलाई आग्रह गरे । बिक्री गर्ने सामानको म्याद हेर्नु व्यापारीको दायित्व भएको खतिवडाले भने–म्याद नागेको छ भने कम्पनी वा खरिद गरिएको पसलमा फिर्ता पठाइदिनुहोस् ।

व्यापारी र  ग्राहक सचेत हुनुपर्ने बताउदै राष्टिय उपभोक्ता मञ्चकी झापा प्रतिनिधि बिमला भट्टराईले सामान किन्ने बेलामा के्रताले कस्तो सामान किन्दैछु भन्ने ध्यान दिए म्याद गुज्रेका बस्तु किनबेचमा केही हदसम्म कम हुने बताइन ।

अनुगमन समितिका संयोजक एवं उपप्रमुख कमला आचार्यको संयोजकत्वमा बजार अनुगमनमा निस्केको टोलीमा शनिश्चरे प्रहरी चौकीका प्रतिनिधि,  शनिश्चरे उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द खतिवडा, नगरपालिका कृषि शाखाका प्रमुख सालिकराम भट्टराई पशुशाखा प्रमुख पदम राई, स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेत, बोर्ड सदस्य तथा अनुगमन समितिकी सदस्य दिलमाया दास सहित पत्रकार तथा सरोकारवाला अनुगमन टोलीमा सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ