arrow

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिले अदालत समक्ष गरे अपिल

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
bak1.jpg

सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गरेका छन् ।

उनलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गरेको उनका अधिवक्ताले जानकारी दिएका छन् ।

उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उनि देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहेको प्राप्त समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उद्दले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आएका थिए । सोही कम्पनीसँग सम्बन्धित कार्यमा उनले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो ।

उनले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गरेको उनका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ