arrow

जापानका प्रधानमन्त्री आबे चीन जाने

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
japanese-pm-shinzo-abe.jpg

बेइजिङ ।  जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्य तिर चीन जाने भएका छन् ।  औपचारिक भ्रमणका लागि उनि यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेको समाचारमा जनाइएको छ ।

चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिए।

दुई पक्षको आपसी सम्बन्धमा थप सुधार गर्न, विश्वासको वातावरण बढाउन, विविध पक्षमा सहकार्य गर्न र आदान प्रदान गर्न आबेको भ्रमण फलदायी हुने चिनियाँ पक्षको विश्वास छ ।

जापानका प्रधानमन्त्रीले सात वर्षपछि चीनको भ्रमण गर्न लागेकाले यसलाई महत्वका साथ हेरिएको पनि प्रवक्ता काङले बताए ।

चीन र जापानका बीचमा शान्ति तथा मित्रतासम्बन्धी सम्झौता भएको ४०औँ वर्ष पूरा भएको वर्ष भएकाले पनि यो भ्रमण महत्वपूर्ण रहेको उनको भनाई छ ।

लुका अनुसार भ्रमणका क्रममा आबेले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने  कार्यक्रम रहेको छ ।  भेटका क्रममा उनिहरुले दुई देशको आपसी सम्बन्ध र सहकार्य बाहेक अन्तर्राष्ट्रिय विविध विषयका बारेमा पनि छलफल गर्ने बताइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ