arrow

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
jamal-khashoggi-journalist-killed.jpg

अङ्कारा। टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ। राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो। साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिलेर दुवै पक्षको संयुक्त टोलीमार्फत खोजी गर्ने योजना बनाएको छ।

टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए।पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बन्नु भएका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ देखि बेपत्ता भएका थिए।

टर्कीकी एउटी महिलासँग विहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावास गएका थिए। टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ