arrow

वडाले गरायो कुमाल समुदायमा सामाजिक अपराधबिरुद्ध अभिमुखीकरण प्रशिक्षण

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज २७ शनिबार
police-prachikshayan.jpg

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ६ ले तिलकपुरको कुमाल समुदायमा अभिमुखीकरण प्रशिक्षण सञ्चालन गरेको छ । दशैं तिहारको शुभकामना सहित महिला क्षमता विकास तथा  सचेतना प्रशिक्षण कार्यक्रम वडाले सञ्चालन गरेको हो ।

भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी र मुलुकी फौजदारी संहिता २०७४ कार्यान्वयनमा आएपछि संहिताका बारेमा नागरिकसम्म अन्यौलता छाएका बेला वडाको आयोजनामा कुमाल समुदायमा सामाजिक अपराध बिरुद्ध प्रशिक्षण कार्यक्रम चलाइएको वडा नम्बर ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

बौद्धिक बर्गदेखि नेता तथा नागरिकसम्म नयाँ कानुनी बिषय नौलो भएका बेला इलाका प्रहरी कार्यालय रामपुरको सहकार्यमा फौजदारी संहिताका बारेमा प्रशिक्षण दिइएको हो ।  बाक्लो कुमाल समुदायको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले जुवातास, करणी, बाल विवाह, विवाह सम्बन्धी कसुर, बोक्सी आरोप, साइबर अपराध, अबैध घरेलु मदिरा, भैझगडा तथा मानब ओसारपसारका बिषयमा जानकारी दिदै नयाँ कानुनका बारेमा सबैले जान्न र मनन गरि सोही अनुसार अपराध न्युनिकरण गरि सभ्य समाज निर्माणमा सबैले सघाउनुपर्ने बताए ।

कुमाल समुदायको उत्थानमा जोड दिदै आएको वडाले सो समुदायमा जनस्तर बढाउने उद्देश्यले सञ्चालन गरेको प्रशिक्षणमा तिलकपुरमा बाक्लो वस्ती रहेको कुमाल समुदायका उल्लेख्य नागरिकको सहभागीता रहेको थियो । स्थानीय नागकि तथा कुमाल समुदायका संघ संस्थाका प्रतिनिधि सहभागी प्रशिक्षणमा दाइजो तथा झैझगडाका बिषयमा सहभागीले जिज्ञासा राखेका थिए ।

सहभागीको जिज्ञासा मेटाउदै प्र.नि. भोजराज पाण्डेले सामाजिक अपराध घट्नुका कारण, अपराध नियन्त्रण तथा न्युनिकरणमा प्रहरी र स्थानीय निकाय तथा समाजको भुमिकाका बारेमा जानकारी दिए ।

नयाँ कानुनी व्यवस्था लागु भएसँगै कानुनी शिक्षाको लहर देशभर चलिरहेका बेला रामपुर क्षेत्रमा भने अपराधका बिषयमा प्रहरीले समय समयमा बिभिन्न बिभिन्न संस्थाको सहकार्यमा प्रशिक्षण मार्फत सचेतना दिदै आएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले सामाजिक अपराधको पिडक र पिडित बन्न नपरोस् भन्ने सन्देश कुमाल समुदायमा दिदै  जुवातास मुक्त र सुसम्पन्न समाज निर्माणमा वडा नमुना बन्नेछ भन्ने शुभकामना दिए ।

वडा नम्बर ६ की वडा सदस्य लोकमाँया कुमालको अध्यक्षतामा चलेको प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष हुमनाथ न्यौपानेले कुमाल समुदायमा सचेतनाको कमीले अझै माथि उठ्न चुनौतीका साथ समस्या परेकाले कानुनी प्रशिक्षण कार्यक्रम ल्याइएको स्पष्ट पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ