हिसां नगर्ने अष्टमातृका नाच सुरु : पैँसाको अभावले अब नाच नरोकिने
प्रकाशित २०७५ असोज २७ शनिबार
622
Shares
काठमाडौं । बौद्ध परम्परा अनुसार ललितपुरको नकबहिलमा अष्टमातृका नाच सञ्चालनमा आएको छ । ललितपुरलाई संरक्षण गर्ने अष्टमातृका देवीहरुलाई खुसी पार्न यो नाच मल्लकालीन राजा श्रीनिवास मल्लको पालादेखी सुरु भएको हो ।
ललितपुरको संरक्षणका लागि विभिन्न ८ स्थानमा प्रतिस्थापन गरीएका अष्टमातृकाहरु सहित १३ शक्तिपिठमा गई आह्वान गरी यो नाच प्रत्येक वर्ष घटस्थापना देखि प्रर्दशन हुन्छ ।
उपत्यकाका बिभिन्न स्थानमा अष्टमातृका नाच देखाउने परम्परा मल्लकालदेखि सुरु भएपनि यो नाचमा पनि पशु बली नदिइकनै मनाउने परम्परा छ । अन्य स्थानमा प्रत्येक दिन नै नाच प्रदृशनी हुनु अघि पन्चबली लिने परम्परा भएपनि यो नाचमा हिंसा गर्न नहुने सुचना प्रवाह गर्न खोजेको छ ।
घटस्थापनाबाट सुरु भएको नाच हरेक दिन बेलुका ८ बजेदेखीे १० बजेसम्म एकादशीका दिनसम्म देखाइन्छ । फुलपाती र विजया दशमीका दिन दिउँसो सााढे २ बजे मुलचोकमा नाच देखाइन्छ । साथै अन्तिम दिन एकादशीका दिन बेलुका ६ बजे देखि मध्यरातसम्म नै जारी रहन्छ ।
अष्टमातृकाको नाच नकवहिलबाट सुरु गरेर पाटन दरबार स्क्वायरको मुलचोक सम्म देखाइने अष्टमातृका नाच प्रबन्ध समितीका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।
अष्टमातृकालाई आह्वान गर्न जाने भन्दै नाच अघि सानेपा, तिखिदेवल, बाग्मती नदी वरपरका १३ स्थानमा रहेका शक्तिपीठ र मन्दिरमा पुजा आजा गरिन्छ ।
पौराणिक कथन अनुसार ललितपुरलाई संरक्षण दिने देवतालाई खुसी पार्न र आफ्नो रक्षा गर्नका लागी यो अष्टमातृकाको पुजा गर्दै नाच निकाल्ने गरिएको हो ललितपुरका विभिन्न मन्दिर र पीठहरुमा देवताहरुको पुजा गरी, बाजा बजाउँदै पिठको परिक्रमा गर्ने गरिन्छ । पहिले पहिले ललितपुरको ओकुबहाल , गाबहाल र नकबहिल टोलले पालैपालो नाच गर्ने परम्परा भएपनि पछिल्लो समयमा नकबहिलबाट मात्र नाच देखाउने गरेको समिती अध्यक्ष शाक्यले बताए ।
पहिले पहिले गावहाल र ओकुवहालबाट पनि नाच देखाउने गरेकोमा २०१७ सालपछि नकवहिलबाट मात्र नाच देखाउन थालिएको छ । ललितपुर महानगरपालिकाबाट १ लाख ३० हजारको बजेट दिने गरेकोमा २०७३ सालदेखि ४ लाख ५० हजार रुपैया यो नाचका लागी दिन थालेको छ ।
साथै स्थानीय समुदाय ले पनि नाचका लागि बिभिन्न जिन्सी सामग्री दिदै आएकाले अब भने यो नाच निरन्तर जारी रहने अध्यक्ष शाक्यले दाबी गरे । समितिले नाच सञ्चालनका लागि करिब ६ लाखको आबश्यकता परेपनि कोषको व्यवस्था गरी नपुग रकम बेर्होने गरेको छ ।