arrow

वर्तमान सरकार मुल्य वृद्धि तर्फ मात्र अग्रसर : आचार्य

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
surendraraj-acharya.jpg

कपिलवस्तु । वर्तमान सरकारले दैनिक उपभोग्य जन्य सामग्रकिो मुल्य बृद्धि गरि जनतालाई ढाड सेक्ने मात्र काम गरेको नेपाली कांग्रेस कपिलवस्तुका सभापति एवं पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् ।

नेपाली कांग्रेस इकाइ समिति यशोधरा गाउंपालिका वडा नं ६ रगंपुरले आयोजना गरेको विजया दशमी तथा दिपावली र छठपर्वको अवसरमा उनले यस्तो वताएका हुन ।

विगतको सरकार भन्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले इन्धन र खाधान्नमा अत्याधिक मुल्य वृद्धि गरी चाडवार्डमा जनतालाई सास्ती  मात्र दिने काम गरेको समेत आचार्यले बताएका छन् ।

महँगी, अनावश्यक कर हटाउन  र हत्या हिंसा गर्नेलाई तत्काल कारबाही गर्नको लागि आइतवार कांग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने् समेत आचार्यले बताए ।

 कार्यक्रमा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले सरकारले बहुमतको आडमा अराजग कार्यहरु गरेको बताए । देशमा वलत्कार, हत्या हिंसामा लागेका आरोपिलाई कारबाही गर्न नसक्नुले कानुन माथी नै प्रश्न चिन्ह खडा भएको पाण्डेयले बताए ।

सो अवसरमा क्षेत्रिय सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले स्थानीय रुपमा स्रोत  साधनले भ्याएसम्म गाउंपालिकाले विकासका काम गरेको बताए । केन्द्रिय र प्रदेश सरकारको अन्योलताले गर्दा काम गर्दा समस्या आएको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ