- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताएका छन् ।
नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा शनिबार आयोजना गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वस्थ्य र स्वच्छ समाज निर्माणमा काठमाडौँ महानगरको सक्रियता सन्तोषजनक भएन भने ।
नेता श्रेष्ठले फोहर व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न रचनात्मक कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए । नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिनुपर्ने बताउँदै उनले भने, “घरको आगन सफा राख्नुपर्छ, हरियाली बनाउन सबैले सहयोग गर्नुपर्छ र फोहोर जथाभावी मिल्काउन हुँदैन ।” रासस