arrow

बन्दुकको सुरक्षामा जुवा

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज २७ शनिबार
juwa.jpg

जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा बन्दुकको कडा सुरक्षामा खेलाईने जुवा घरमा शुक्रबार प्रहरीले छापा मारेको छ। उपमहानगरको वडा नम्बर १९को वावन्न बिघा स्थित एउटा फुसको छानो भएको झुपडीमा प्रहरीले छापामार्दा जुवाडेहरु फरार भएपनि सुरक्षा दिने युवाहरु हतियार सहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार दिउँसो करिब पौने चार बजे प्रहरीले झुपडीमा छापा मारेको थियो। छापामारीबाट एक थान कटुवा पेस्तोल र त्यसमा फिटहुने गोली एकथान सहित तीनजना युवालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा धनुषा औरहि गाउँपालिका ६ बस्ने २७ वर्षिय रामचन्द्र दास, जनकपुर उप–महानगरपालिका वडा नं. १९ बस्ने १९ वर्षिय ऋषीकेश प्रसाद साह र जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बस्ने १८ वर्षिय आशिक मण्डल छन्।  

पक्राउ परेकाहरुबाट एकथान कटुवा पेस्तोल त्यसमा लाग्ने एकथान गोली र दुई थान  मोबाईल सेट बरामद भएको प्रहरीले जनाएको छ। दशैं प्रारम्भ भएदेखि नै धनुषा जिल्लाको विभिन्न स्थानमा जुवातास खेल्ने र खेलाउने क्रम बढेको छ।  

प्रहरीले कतिपय स्थानमा छापामारे पनि ग्रामिण भेगका कतिपय स्थानमा प्रहरीले नै संरक्षण दिईरहेको आरोप छ। पक्राउ परेका युवाहरुले सो स्थानमा जुवातास खेलाउने गरेको बताईएको छ। प्रहरी कार्यालयले जनाए अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भईरहेको छ। प्रहरीले नगर क्षेत्रमा सकृयता बढाएको छ। हरेक वर्ष दशैंदेखि छठसम्म नगर क्षेत्र भित्रपनि जुवातास व्यापक हुने गरेको छ।

उपमहानगरसित जोडिएका केहि बजारहरुमा कौडापनि खेलाईने गरिएको छ। केहि आवासिय घरहरुमा दिन रात नै जुवा हुने गरेको बताईन्छ। नगरको मध्य भागमा जुवा खेलाईने क्रम बढेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ