arrow

काँग्रेस पार्टीको मान्यता खारेज गर्न भाजपाको माग 

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
bjp-logo.jpg

नयाँ दिल्ली । भारतीय जनता पार्टी मध्यप्रदेशले काँग्रेसको चुनावी मान्यता खारेज गर्नको लागि माग गरेको छ । चुनाव आयोज जस्तो संवैधानिक निकायको अविश्वास गरेको आरोप लगाउँदै भाजपाले कारबाही स्वरुप मान्यता फिर्ता गर्नको लागि माग गरेको छ ।

प्रदेश स्तरीय अघिल्लो चुनावमा ६० लाख फर्जी भोटको विषयमा काँग्रेसले हालेको मुद्दामा चुनाव आयोगले सोही समय नै भाजपा दोषी नभएको ठहर गरेको थियो । तर, सो प्रतिवेदनको विरुद्ध नै काँग्रेस सर्वाेच्च अदालत गएको थियो । 

अदालतले पनि भाजपालाई निर्दाेष ठहर गरिदिएपछि भाजपा पनि काँग्रेस प्रति आक्रामक बन्न थालेको हो । भाजपाले यो चुनावमा यही मुद्दालाई प्रचारमा ल्याउने रणनीति पनि बनाएको छ । भाजपाले सर्वाेच्च अदालतको यो फैसलासँगै आधिकारिक प्रतिक्रिया जारी गर्दै यो सम्पूर्ण मध्यप्रदेशवासीहरुको जीत रहेको बताएको छ । 

प्रदेशका राज्यमन्त्री विश्वास सारंगले काँग्रेस प्रति आक्रामक अभिव्यक्त दिँदै भनेका छन् कि कांग्रेस लोकतन्त्रमा 'डर्टी ट्रिक्स' अपनाईरहेको छ । कांग्रेसले चुनाव आयोग जस्तो संवैधानिक संस्थाको अपमान गरेको आरोप पनि लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ