arrow

भारतीय सेनाको रणनीतिमा मेगा चेन्ज, फोकस चीन र पाकिस्तान

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
indian-army1.jpg

नयाँ दिल्ली। भारतीय स्थल सेनाले आफ्नो रणनीतिमा व्यापक परिवर्तन गरेको छ। प्रधानसेनापति विपिन रावतको नेतृत्वमा लामो समय देखि अध्ययनमा जुटेको भारतीय सेनाले समय अनुसारको अन्तराष्ट्रिय सम्बन्ध, सीमा विवादको समस्या, आन्तरिक संगठनको चुस्तता आदि विषयको लागि नीतिमा व्यापक हेरफेर गरेको छ। 

यसरी प्रधानसेनापतिको नेतृत्वको समितिले बनाएको मेगाप्लानमा उच्च कमाण्डर तथा आफ्नो अफिसर काडरको नवीकरणको प्लानलाई स्वीकृत पनि गरिसकेका छन्। यो प्लानले अब बर्षैँदेखि पद ओगटेर बसेका पुराना कमाण्डोहरुको ठाउँमा योग्य र युवा कमाण्डो आउने विश्वास भारतीय सेनाको छ। 

केही समय अघि नै यो रणनीति तयार हुनु पर्ने भनिएको भएपनि विभिन्न कारणहरु देखाउँदै यसलाई पछि सारिएको थियो। केही ढिला गरी ल्याईएको यो रणनीतिले विशेषगरी अन्तराष्ट्रिय सम्बन्धमा चीन र पाकिस्तानसँगको सीमामा देखिने चुनौतीहरुको कसरी सामना गर्ने भन्नेमा पनि योजना तयार पारिएको छ। आर्मी कमान्डर्स कन्फ्रेन्समा प्रमुख नीतिगत पहिलो तथा अपरेशनल मुद्दामाथि विचार गरेर यो योजना पास गरेको बतार्इएको छ। 

सेनासँग जोडिएको स्रोतका अनुसार सुधारवादी कदमलार्इ चरणबद्ध तरिकाबाट जतिस्यो चाडो लागू हुने बताइएको छ। सप्ताह भर चलेको छमाही कन्फ्रेन्सको सुरुआत ९ अक्टोबरदेखि सुरु भएको थियो। अपरेशनल तथा इन्टरनल ऐडमिनिस्ट्रेटिव मुद्दाको अलावा सम्मेलनमा चीन र पाकिस्तानी बोर्डरको विषयमा विषय गम्भीर बनाईएको थियो।

यो कन्फ्रेन्समा विशेषगरी यी दुई विषयमा मात्रै धेरै जानकारी बाहिर ल्याईएको थियो। सेना मुख्यालयले बलको कार्यक्षमताको विस्तार गर्ने बजेट खर्च कम गर्ने आधुनिकीकरण तथा आकांक्षामाथि ध्यान यी विशेषतः ४ विषयमा केन्द्रीत भएर अध्ययन गरिएको थियो। कार्य क्षमता सेनाका प्रवक्ता कर्नल अमन आनन्दले भनेका छन् कि कमानण्डोको कन्फ्रेसमा अध्ययनमा प्राप्त सुझावको चरणबद्ध तरिकाले लागु हुनेछ। 

यो नयाँ रणनीतिले नेपाल, भुटान जस्ता मुलुकहरुको लागि त्यस्तो चिन्ता लिनु पर्ने अवस्था देखिँदैन। पूरा रणनीति भने भारतीय सेनाको मुख्यालयले सार्वजनिक गरेको छैन। विशेषगरी अन्तराष्ट्रिय सम्बन्धमा चीन र पाकिस्तानको नै चर्चा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ