कावासोती । पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा शनिबार राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एमएच४६बिबि ८२११ नं को भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।