पत्रकार हत्यामा साउदी सरकार जिम्मेवार पाइए बहिस्कार गर्ने बेलायत र अमेरिकाको चेतावनी
प्रकाशित २०७५ असोज २८ आइतबार
331
Shares
काठमाडौं । बेलायत र अमेरिकाले पत्रकार हत्यामा साउदी अरेबिया सरकार दोषी पाइए साउदीमा हुन लागेको उच्चस्तरीय सम्मेलन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
पत्रकार हत्यामा साउदी सरकार दोषी भए यही महिना साउदी अरबमा हुन लागेको उच्चस्तरीय सम्मेलन बहिष्कार गर्ने चेतावनी बेलायत र अमेरिकाले दिएको हो ।
अमेरिकाले त साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी नै दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएमा आफूलाई निराश र आक्रोसित पार्ने भन्दै त्यसपछि साउदी सरकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तरवार्तामा उहाँले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको बताए ।
पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आकाकानी गरेको आरोपसमेत ट्रम्पले लगाए । तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
पत्रकार खसोगी साउदी कन्सुलेटलाई भेटेपछि गत अक्टोबर २ तारिखमा इस्तानबुलबाट बेपत्ता भएका थिए । साउदी एजेन्टले खसोगीको हत्या गरेको विश्वास गरिएको छ ।