arrow

कांग्रेसका आइतबारका औपचारिक कार्यक्रम स्थगित

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले आइतबारका सबै औपचािरक कार्यक्रम स्थगित भएको जनाएको छ । नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत चक्रप्रसाद बाँस्तोलाको शनिबार राति निधन भएपछि आइतबारका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित भएको काँग्रेसले जनाएको छ । 

वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतङ्क तथा चाडपर्वको मुखमा आएर बजार मूल्य झनै चर्को ढंगले बढेको सन्दर्भमा सरकारलाई सचेत गराउँदै मूल्य नियन्त्रणमा दवाव दिन नेपाली कांग्रेसले आइतबार देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । 

काँग्रेसले अर्को सूचना जारी गरी यो कार्यक्रम गरिने पनि जनाएको छ । साथै बाँस्तोलाको पार्थिव शरीरलाई दिउँसो १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको काँग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ